काठमाडाैं ।। नेकपा एमालेले आफ्नो पार्टीका असन्तुष्ट नेताहरूको गतिविधि पार्टीको विवाद समाधानका लागि बाधक भएको भन्दै स्पष्टिकरण नदिने नेतामाथि कारबाहीको तयारी गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण नदिने नेता र उनीहरूको भूमिकाका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विवाद मिलाउनका लागि हरकोसिस गरे पनि परिणाम सकारात्मक निस्कन नसकेको बताउनुभयो । उहाँले नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभियान चलाएका कारण जटिल अवस्था आएको उल्लेख गर्नुभयो । यही जेठ १० गतेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here