काठमाडौं ।। युरोपेली युनियनका नेताहरु यसै वर्षको अन्त्यसम्म आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो । ब्रसेल्समा आयोजित दुई दिने शिखर सम्मेलनमा सहभागी २७ राष्ट्रका सरकार एवं राष्ट्र प्रमुखहरुले विश्वमा देखिएको कोभिड–१९ विरुद्धको खोपको मागलाई सम्बोधन गर्न खोपको उत्पादन क्षमता बृद्धि गर्ने एउटा सम्झौतामा पनि सहमति जनाएका छन् । नेताहरुले कोभिड–१९ को खोपको समतामूलक वितरण गर्नेतर्फ पनि आवश्यक गृहकार्य गर्न आह्वान गरेका छन् । उनीहरुले राष्ट्रसंघ मातहतको कोभाक्स कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । कोभ्याक्स मार्फत न्यून एवम् मध्यम आय भएका मुलुकहरुमा समतामूलक रुपमा कोभिड–१९ को खोप उपलब्ध गराउने योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here