काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा मागेको विश्वासको मत अस्वीकृत भएको छ । आज बसेको बैठकमा प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा ९३ मत प्राप्त भयो भने विश्वासको मतको विपक्षमा १ सय २४ मत खसेको छ । यस्तै १५ जनाले मत दिन्न भनेर मतदान गरेका थिए । आजको संसद बैठकमा २ सय ३२ जना उपस्थित थिए । दिउँसो १ बजेदेखि चलेको संसद बैठकमा प्रधानमन्त्री ओलीले राम्रोसँग सञ्चालन गर्ने भए आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । प्रतिनिधिसभामा विश्वासको माग माग्दै उहाँले संसद राम्रोसँग सञ्चालन गर्ने भए आफूलाई विश्वासको मत दिनुपर्ने बताउनुभयो । उहाँले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने पनि बताउनुभयो । ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन, संसदले आदेश देओस्, छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ , उहाँले भन्नुभयो । यसमा कुनै जालझेल र षड्यन्त्र नरहेको उहाँको भनाइ थियो ।

त्यस्तै सत्तारुढ दल नेकपा एमालेका २८ जना सांसदहरु प्रतिनिधिसभाको बैठकमा अनुपस्थित रहेका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतमाथि मत विभाजन हुँदा एमालेकै २८ जना सांसद अनुपस्थित भएपछि प्रधानमन्त्रीको प्रस्ताव असफल भएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here