एजेन्सी ।। अफगानिस्तानको राजधानी काबुलमा भएको बम बिस्फोटमा परी ३० जनाको मृत्यु भएको छ । काबुलस्थिक एक विद्यालय बाहिर भएको बिस्फोटमा परी ५२ जना घाइतेमा भएका छन् । बीबीसीका अनुसार अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक अरियानले घटनाप्रति दुःख व्यक्त गर्दै घाइते सबैलाई अस्पताल भर्ना गरिएको बताउनुभएको छ । उहाँका अनुसार घटनामा परि मृत्यु हुनेको संख्या बढ्न सक्ने छ । प्रवक्ता तारिकले घाइते हुनेमा अधिकांश विद्यालयका बालबालिकाहरु रहेका छन् भने मृत्यु हुनेमा पनि बालबालिकाको संख्या नै धेरै रहेको बताउनुभयो । घटनाको कारणबारे थाहा नभएको र हालसम्म कुनै समूहले पनि बिस्फोटको जिम्मा नलिएको उहाँको भनाइ छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।