काठमाडाैं ।। विभाजनको संघारमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहका २२ सांसदले सामूहिक राजीनामाको तयारी गरेका छन् । प्रत्यक्ष निर्वाचित २२ सांसदको सो समूहले सामूहिक राजीनामाका लागि हस्ताक्षर समेत तयारी अवस्थामा राखेको एकजना नेताले बताउनुभयो । प्रधानमन्त्री केपी ओलीले विधि मिच्दै पार्टीमा एकलौटी तवरबाट अघि बढेको ठहर गरेको खनाल–नेपाल समूहले उनलाई सुध्रनका लागि भन्दै अन्तिम मौका दिएको छ । आज दिनभरसम्म ओलीले लचकता नदेखाए बेलुकीसम्म सामूहिक राजीनामा बुझाउने तयारी खनाल–नेपाल समूहको छ । हिजो राती त्रिपुरेश्वरस्थित एक घरमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने निर्णय पनि गरेको नेता यज्ञराज सुनुवारले बताउनुभयो । पार्टी एकता जोगाउन आज वरिष्ठ नेता नेपालसहितको शीर्ष नेतृत्व जुट्ने र त्यसमा सफल नभए सामूहिक राजीनामा दिएर ओलीको विश्वासको मत फेल गराउने रणनीति यो समूहको छ । ओलीले भोलि संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । साबिक नेकपा हुँदा आफूविरूद्ध लागेको समूहलाई किनारा लगाउँदै ओलीले फागुन २७ मा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीसहितका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन तथा खनाल–नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि एमाले विभाजनको संघारमा छ । फागुन २७ को निर्णय सच्चिनु पर्ने खनाल–नेपाल समूहको अडान छ । तर उक्त निर्णय सच्याउन नसकिने ओलीले अडान लिँदै आएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here