काठमाडाैं ।। काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञाको आदेश र कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार बैठकमा थप केही क्षेत्रमा कडाइ गर्ने बारे छलफल हुनेछ । एक हप्ताका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएकोमा एक साता निषेधाज्ञाको समय थप गर्ने बारेमा पनि छलफल र आवश्यक निर्णय गरिने उहाँले बताउनुभयो । मन्त्रिपरिषद्को अघिल्लो बैठकले आवश्यक परेमा निषेधाज्ञाको समय २ हप्तासम्म तोक्नका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएको थियो । खाद्यान्नका पसल बिहानबेलुका चलाउन दिँदा भीड भएको भन्दै बिहान मात्रै सञ्चालन गर्ने बारेमा पनि बैठकमा कुराकानी हुने उहाँले बताउनुभयो । सरकारी कार्यालय र बैँक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतमा पनि कडाइ गर्ने तयारी प्रहरीप्रशासनको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा गएको बिहीबारदेखि कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि भन्दै एक साताको निषेधाज्ञा आदेश जारी गरिएको छ ।
Home प्रदेश समाचार बागमती प्रदेश उपत्यकामा जारी गरिएको निषेधाज्ञाको अवस्थाका बारेमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक...
उपत्यकामा जारी गरिएको निषेधाज्ञाको अवस्थाका बारेमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।