एजेन्सी ।। चीनमा पनि कोरोना भाइरसको भारतीय भेरिएन्ट फेला परेको छ । चिनियाँ अधिकारीहरुले कोरोना भाइरसको बी १६१७ भेरिएन्ट पुष्टि भएको दावी गरेका छन् । कोरोनाको भारतीय भेरिएन्ट फेला परेपछि चीनमा हाई एलर्ट जारी गरिएको छ । कोरोना भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले भारतमा भेटिएकोले यसलाई भारतीय भेरिएन्ट पनि भन्ने गरिन्छ । भारतमा भेटिएको यो भेरिएन्टको विषयमा हालसम्म वैज्ञानिकले कुनै ठोस तथ्य फेला पारेको छैन । चिनियाँ सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का प्रमुख वू जुनयूले चीनमा नयाँ भेरिएन्ट फेला परेको पुष्टि गर्नुभएको हो । उहाँले कोरोनाको यो भेरिएन्ट हालसम्म चीनका कति जनामा कोरोनाको भेरिएन्ट पुष्टि भएको छ भन्ने विषयमा भने खुलाउनुभएन । उहाँले चीनका केही शहरमा भारतको म्यूटेट स्ट्रेन भेटिनु चिन्ताको विषय रहेको र विभिन्न शहरमा यो भेरिएन्ट फेला परेको बताउनुभयो । कोरोनाको न्यू भेरिएन्टले फेरी एक पटक महामारीको चेतावनी दिएको भन्दै उहाँले सबै तयारीका लागि जुट्न आग्रह गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here