सर्लाही ।। प्रदेश-२का सामाजिक विकासमन्त्री नवलकिशोर साहले रिबन काटेर पीसीआर मेसिन र एम्बुलेन्सको उद्घाटन गरेका छन् । मन्त्री साहले मलंगवा अस्पतालका लागि खरिद तथा जडान गरिएका उक्त सामग्रीको शुक्रबार उद्घाटन गरेका हुन् ।
मेसिनको उद्घाटनसँगै सर्लाहीमा पनि आजैदेखि कोभिड-१९को जाँच सुरू भएको छ । यससँगै प्रदेश सरकारद्वारा आठै जिल्लामा पीसीआर ल्याव सञ्चालनमा आएको छ । उद्घाटन समाहरोहमा प्रतिनिधिसभा सदस्य प्रमोद साह, प्रदेशसभा सदस्य निरा साह, जिल्ला समन्वय समिति सभापति मेथुर प्रसाद चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतको उपस्थिति थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here