सप्तरी ।। सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारको निर्णय विपरीत विद्यालय सञ्चालन तथा परिक्षा लिएको सप्तरी राजविराजका ११ वटा निजी विद्यालयका सञ्चालक पक्राउ परेका छन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको अवज्ञा गर्दै स्कुल खोलेको तथा परिक्षा लिएको भन्दै सोमबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ परेका हुन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी फण्रिन्द्रमणी पोखरेलको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमणको क्रममा संचालनमा रहेको विद्यालयका सञ्चालक लाई पक्राउ गरिएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।