काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १५७ जना निको भएर घर फर्किएका छन् । यसका साथै निको हुनेको कुल संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।
आज कोरोना संक्रमणका काराण थप ५ जनाको मृत्यु भएको छ ।
यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here