रौतहट ।। नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण तथा पद भार ग्रहण नगर्न नगराउन उच्च अदालत जनकपुर अस्थाई इजलास विरगंजले आदेश दिएको छ ।
नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशन अन्तर्गत गत २५ गते भएको तिन वटै तह निर्वाचन अन्तर्गत नेपाल पत्रकार महासंघ रौतहट शाखाको निर्वाचनमा नेपाल पत्रकार महासंघको विधान २०६० पाचौ संशोधन २०७५ तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा निर्वाचन कार्यविधि २०७७ विपरित निर्वाचन गराइएको भन्दै निर्वाचन प्रक्रिया अमर्यादित भएकोले बदर गर्नु पर्ने माग गर्दै शाखाका साधारण सदस्य एवं सह सचिव खुल्ला पदका उम्मेदवार दिनेश यादवले दिएको रिट निवेदनमा उच्च अदालतका माननीय न्यायधिश रमेश कुमार पोख्रेलको एकल इजलाशले यस्तो अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
२५ गते भएको शाखाको निर्वाचनको लागि सह सचिव खुल्लामा मनोयन पत्र दर्ता गराउदा निर्वाचन अधिकृत विनय कुमार लाल दासले मनोयन पत्रमा आफ्नो हातले समावेशी उल्लेख गरि प्रतिस्पर्धामा रहेका अर्का उम्मेदवार दिपेश पौडेललाइ बदनियत पुर्वक निर्विरोध गरि विधान र निर्वाचन कार्यविधि २०७७ को खुल्ला धज्जिया उडाएकोले निर्वाचन धाँधली पुर्वक गराएकोले बदर गरि पुनः निर्वाचन गराउन माग गर्दै रिट निवेदन दाएर गरिएको निवेदक दिनेश यादवले जनाएको छ ।
उच्च अदालतका माननीय न्यायधिश पोख्रेलले जारी गरिएको अल्पकालीन अन्तरिम आदेशमा भनिएको छ बैशाख ५ गते सम्म निर्वाचित भनि घोषित गरिएको पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ तथा पद भार ग्रहण नगर्न नगराउनु । निर्वाचन सम्वन्धि सम्पूर्ण कागजातहरु लिएर २०७८ बैशाख ५ गते छलफलको लागि हाजिर हुन् समेत आदेश दिइएको हो ।
देश भरि एकै पटक भएको निर्वाचनमा २०७७ साल चैत्र २३ गते बेलुकी ४ बजे सम्म अन्तिम नामावली प्रकाशन गर्न भनिए पनि निर्वाचन अधिकृत दासले मतदान सम्पन्न भएपछी २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । निर्विरोध घोषणा गरिएका खुल्ला सदस्य राकेश यादव र रामपुकार राउतको नाम मतपत्रमा नाम समावेश गरिएको जिकिर निवेदनमा गरिएको छ ।
निर्वाचन अधिकृत विनय कुमार लालदासले खुल्लामा मनोयन पत्र दर्ता गराएका पदमा समावेशी उल्लेख गरेको ,सह सचिव समावेशी पदमा मनोयन दर्ता गराएका उम्मेदवार धिरेन्द्र साहलाइ खुल्ला भनि उल्लेख गरेर नामावली प्रकाशन गर्दा सुधार गर्न २३ गते दिएको निवेदनमा कुनै निर्णय नगरी निर्वाचन गराएको प्रक्रिया विधान र निर्वाचन कार्यविधि विपरित निर्वाचन गराएकोले बदर गरि पुनः निर्वाचन गराउन माग गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here