काठमाडौँ ।। देशभर पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १६ पीसीआर परीक्षणमा १५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।
हालसम्म देशभर २२ लाख ५६ हजार ३०० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १ हजार २९९ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here