मुम्बइ ।। बलिउड नायिका कंगना रानौतको नयाँ फिल्म थलाइवीको ट्रेलर सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरेकी कंगनाको तारिफले यतिखेर बलिउड गर्माएको छ।
तमिलनाडुकी पूर्वमुख्यमन्त्री तथा चर्चित नायिका दिवंगत जयललिताको बायोपिकमा आधारित फिल्ममा उनले जयाको चरित्रलाई न्याय गरेको बताइएको छ।
फिल्ममा कंगना जयाजस्तै देखिएकी छन्। उनले यही पात्रका लागि २० किलो ताैल बढाएकी थिइन्। अप्रिल २३ मा प्रर्दशनमा आउने फिल्मलाई उनका शुभचिन्तकले व्यग्र प्रतीक्षा गरिरहेका छन्।
त्यस्तै, उनले चौंथो राष्ट्रिय अवार्ड पनि पाएकी छन्। ६८औं राष्ट्रिय पुरस्कार घोषणामा उनले पंगा र मर्णिकर्निका फिल्मबाट चौंथो राष्ट्रिय अवार्ड पाएकी हुन्।





