रौतहट ।। नयाँ सस्यताको मागँ गर्दै नेपाल पत्रकार महासंघ रौतहट शाखामा तलाबन्दी गरेको छ ।
रौतहटका कृयाशील संचारकर्मीहरुले सदस्यताबाट बन्चित गराएको भन्दै रौतहट शाखाका अध्यक्ष रविन्द्र प्रसाद साहलाई ज्ञापन पत्र बुझाउदै पत्रकार महासंघको कार्यालयमा तल्ला बन्दी गरिएको हो ।
रौतहट जिल्लाका कृयाशिल संचारकर्मीहरुले विगतमा नयाँ सदस्यत्ताकाको लागि पटक पटक रौतहट शाखा र प्रदेश समिति २ मा माग निवेदन दिए पनि ध्यान नदिएको र महासंघको सदस्यत्तावाट वंचित गराउने कार्य गरेकोमा नयाँ सदस्यत्ताको लागि अभिलम्ब ध्यान दिन जोडदार मागँ गरेको पत्रकार दिलीप पाण्डेयले बताए । हाम्रो सदस्यत्ता पाउने अधिकारवाट वंचित नगर्न चेतावनी सहित हाम्रो मांग पुरा नभएमा चरणवद्ध आन्दोलनको कार्यक्रम संचालन गर्न वाध्य हुने ज्ञापन पत्र मार्फत जानकारी गराएका छन् ।
गौर नगर परिक्रमा गर्दै सदस्यता बन्चित गराउन पाइदैन ,नेपाल पत्रकार महासंघ मुर्दाबाद लगायतका नारा सहित पत्रकारहरु शाखा कार्यालय पुगेका थियो ।
यत पत्रकार महासंघ मुर्दावाद लेखेको कारण व्यपक आलोचना हुन थाएको छ । जुन संस्थाको सदस्यता चाहिएको छ त्यो संस्था नै मुर्दावाद भई सकेपछि कसको सदस्यता लिन खोजिएको हो भन्ने कृयासील पत्रकारहरुको नैतिकता माथि प्रश्न कडा भएको बृद्धिजिवीहरु भनाई रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here