एजेन्सी ।। करिना कपुर दोस्रो पटक सुत्केरी भएपछि आफ्नो काममा फिर्ता भइसकेकी छिन् । दोस्रो सन्तानको जन्मपछि पहिलो पटक देखिएकी करिना कपुर एकदम फिट देखिएकी छिन् । करिना कपुरको तस्बिरमा धेरैले हैरानी जताएका छन् ।
करिना कपुरको हालै सार्वजनिक भएको तस्बिरमा करिनाको गर्भावस्थामा बढेको तौल घटेको देखिन्छ । यस्तो लागिरहेको छ कि बरिना कपुर स्लिम हुने बाटोमा तीब्र रुपमा फर्किरहेकी छिन् ।
करिना कपुरले अघिल्लो महिना २१ फेब्रुअरीमा आफ्ना कान्छो छोरालाई जन्म दिएकी छिन् । आफ्ना व्यावसायिक प्रतिबद्धताका कारण उनी एक महिनाको सुत्केरी बिदा पछि काममा फिर्ता भएकी छिन् ।
करिनाले पहिलो सुत्केरी बिदा पछि पनि निकै मिहिनेत गरेकी थिइन् र तैमुरको जन्म भएको ३ महिना पछि नै उनी काममा फिर्ता भएकी थिइन् । करिनाले त्यतिबेला करिब ६ महिनामा १६ किलो तौल घटाएकी थिइन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here