काठमाडौं ।। नेपालमा पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमणको संक्रमण पुष्टि भएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०६ जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७१ हजार ९२१ पुगेको छ।
मन्त्रालयका अनुसार हाल ४८ जना क्वारेन्टाइनमा र ९६९ जना आइसोलेसनमा रहेका छन्।
आइतबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ३१६ जनाको मृत्यु भइसकेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।