काठमाडाैं ।। अस्ट्रेलियाका विभिन्न राज्यमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । जनजीवन प्रभावित बनेपछि हिजो बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही क्षेत्रमा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् । निर्णयसँगै त्यहाँका बासिन्दाको उद्दार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु केन्द्रित भएका छन् । बिहीबारयता न्यू साउथ वेल्सका नदीहरुमा वर्षाको पानी भरिँदा आसपासका बस्तीहरु प्रभावित भएका छन् । केही दिनदेखिको अविरल वर्षाले सिड्नी सहर र आसपासका बस्तीका सडकहरु जलमग्न छन् । संघीय र राज्य सरकारले उत्तरी न्यु साउथ वेल्सका कोफ्स हार्बरदेखि ग्राफ्तन र सेसनक तथा दंग्गाग क्षेत्रसम्म प्राकृतिक विपत विस्तार भएको जनाएका छन् । राज्य आपत्काल सेवाका अधिकारिहरुले प्रभावित इलाकाका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा चनाखो हुन सुझाव दिएका छन् । प्रमुख राजमार्ग तथा सडकहरु बन्द भएका वा हुनसक्ने भएकाले ती इलाकामा तय गरिएका सबै भ्रमण रद्द गर्न आफ्ना नागरिकहरुलाई सुझाव दिइएको छ । यस्तै सिड्नीमा करिब ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको वारागम्बा बाँधमा हिजो पानीको मात्रा बढी भएर बाँध बाहिर बग्न थालेपछि उक्त बाँध आसपासका बस्तीहरुलाई गयरातिदेखि सतर्क पारिएको छ । यहाँको हक्सबरी नदीमा बाढीको उच्च बहाव छ भने सिड्नीको पहाडी इलाकाका खोला र छहराहरु उर्लेका छन् । पश्चिम सिड्नीको पारामाटा र पश्चिमी भित्री सहर म्यारिकभिलमा सडक जलमग्न हुँदा यातायात प्रभावित भएको थियो । आज बिहानैदेखि यहाको पिक्टन इलाकामा आपतकालीन सूचनाका लागि सतर्क गरिएको छ र खतरा आइपुग्नु अघिनै बस्ती खाली गरिने बताइएको छ ।
अस्ट्रेलियाका विभिन्न राज्यमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।