काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा थप १०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६० जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ६ सय १० पुगेको मन्त्रालयले जनाएको छ ।आज विहिवार थप एक जनाको कोरोना संक्रमणका कारण मृतयु भएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १५ पुगेको छ ।
हालसम्म नेपालमा २२ लाख २७ हजार ५ सय ४७ पीसीआर परीक्षण भएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।