एजेन्सी ।। अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीमा परी ३४ जना लडाकु मारिएका छन् । तालिबान लडाकूविरुद्ध सरकारले जारी राखेको सुरक्षा कारबाहीका क्रममा दक्षिणी कान्दाहार प्रान्तमा ३४ जना मारिएको रक्षा मन्त्रालयले जनाएको छ । लडाकू विमानसमेत परिचालन गरेर अर्घान्डाब, पन्ज्वाय, झारी र स्पिन्बोल्डाक जिल्लामा सुरक्षा कारबाही चलाइएको छ । सुरक्षा कारबाहीका क्रममा थप ९ जना लडाकु घाइते भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन । सुरक्षाकर्मीहरूले घटनास्थलबाट लडाकूहरूले प्रयोग गर्ने गरेको आठ मोटरसाइकल, केही हतियार तथा विस्फोटक पदार्थसमेत बरामद गरेका छन् । घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here