काठमाडौं ।। बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
काठमाडौं महानगरपालिका-१४बल्खु सुकुम्बासी बस्ती बस्ने २७ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा सोमवार मृत फेला परेकी हुन्।
उनको बोरामा प्याक गरिएको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले टोली घटनास्थल पुगेको थियो ।
मृतकको श्रीमान फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।