काठमाडौं ।। सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवम् केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच बैठक शुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी पक्षका महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायत सहभागी छन् । माधव नेपाल समूहतर्फ नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी छन् ।
सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताएपछि विवाद बढिरहेका बेला दुई पक्षबीच चार महिनापछि भेटवार्ता भएको हो । ओली र नेपालबीच गत कार्तिक २५ गते यता भेट भएको थिएन ।

ओली र नेपाल दुवै पक्षका नेताहरुले बैठकका लागि प्रयास गरिरहेका थिए । ओलीले नेपाललाई बैठकका लागि बालुवाटार बोलाए पनि नेपालले नमानेपछि धुम्बाराहीमा बैठक बसेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here