काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा २ हजार ६ सय १५ जनाको पिसिआर परिक्षण गर्दा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७७ जना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ ।
आज देशभरी नै ८ सय ९१ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।