काठमाडाैं ।। श्रीलंकाले सार्वजनिक स्थानमा अनुहार ढाक्ने पोसाक बुर्कामा प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलंकाले अनुहार ढाक्नैपर्ने भए अन्य तरिका अपनाउन भनेको छ । राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै श्रीलंकाले नयाँ नियम लागु गरेको बीबीसीले लेखेको छ । यसअघि छोटो समयको लागि आपतकालीन उपायका रुपमा प्रतिबन्ध लगाइएको बुर्का अब स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको हो । मन्त्रीपरिषदबाट पारित भइसकेको सार्वजनिक स्थानमा बुर्का प्रतिबन्धसम्बन्धी निर्णय संसदले अनुमोदन गर्न भने बाँकी रहेको छ । यस सम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियममा कडाई गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here