काठमाडाैं ।। कोरोनाका कारण विश्वभर २६ लाख ४३ हजारको मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण पछिल्लो २४ घण्टामा २२ सय २९ जनाको मृत्यु भएको छ । आज विश्वभरि नै ९१ ह्जार ५ सय नयाँ सङ्क्रमित थपिएको कोरोना भाइरस सम्बन्धि तथ्याङ्क अद्याबधिक गरिरहेको वल्डमिटरर्सले जनाएको छ । हाल सम्म विश्वभर झण्डै १२ करोड सङ्क्रमित भएका छन् । यस्तै सङ्क्रमित मध्ये ९ करोड ४७ लाख ८६ हजार मानिस उपचार पछि स्वस्थ भएका छन् । हाल विश्वभर २ करोड १७ लाख मानिसहरु उपपचाररत रहेका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मात्रै ५ लाख ४३ हजारको मृत्यु भएको छ भने ३ करोड मानिस सङ्क्रमित भएका छन् । यस्तै भारतमा १ लाख ५८ हजारको मृत्यु भएको छ भने ब्राजिलमा २ लाख ७३ हजार मानिसको मृत्यु भएको छ । भारतमा १ करोड १३ लाख मानिस सङ्क्रमित भएका छन् भने ब्राजिलमा १ करोड १२ लाख मानिस सङ्क्रमित भएका छन् । बेलायतमा १ लाख २५ हजार मानिसको मृत्यु भएको छ, इटलीमा पनि १ लाख १ हजारको मृत्यु भएको छ ।
कोरोनाका कारण विश्वभर २६ लाख ४३ हजार भन्दा बढीकाे मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		