काठमाडाैं ।। अमेरिकी राष्ट्रपति जो बाइडेनले १.९ ट्रिलियन डलर अर्थात् १९ खर्बको आर्थिक राहत विधेयकमा हस्ताक्षर गर्नुभएको छ । यसको उदेश्य कोभिड १९ ले प्रभावित भएका अमेरिकीहरुलाई सहायता गर्नु हो र अब यसले कानुनी रुप लिइसकेको छ । यो विधेयकमा १४०० डलर भुक्तान, बेरोजगारी भत्ता विस्तार, चाइल्ड टैक्स क्रेडिट जस्ता योजना छन् । यसबाट करोडौँ मानिसहरु गरिबीबाट बाहिर निस्कने अनुमान गरिएको छ । राष्ट्रपति बाइडेनले राहत प्याकेजले देशको मेरुदण्ड पुनर्निर्माण गर्ने बताउनुभएको छ । यो विधेयकलाई अमेरिकी इतिहासको सबैभन्दा धेरै खर्च रहेको विधेयक भनिएको छ । बाइडेनले यो विधेयकमा उल्लेखित विषयबारे आज देशबासीका नाममा सम्बोधन गर्नुहुनेछ । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख २९ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ । दुई करोड ९१ लाख ४९ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनद्वारा १९ खर्बको आर्थिक राहत विधेयकमा हस्ताक्षर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।