काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले पार्टीले राख्दै आएको मागहरू पूरा हुने भए मात्रै केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिन सकिने बताएका छन्।
यसअघि समर्थन दिँदा भने धोकाधडी भएको बताए। अब भने समर्थन हाताहातिमा गर्ने र सित्तैमा कसैले समर्थन नगर्ने बताए।
“शासकहरूलाई सित्तैमा समर्थन गर्न हामी जन्मिएको हो ? सबै हाम्रा मागहरू पूरा हुनुपर्‍यो नि, हाम्रा माग जस्ताको तस्तै छन्”, संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै महतोले भने, “पहिले केपी अ‍ोलीको सरकारलाइ समर्थन गरेको हो, ठग्ने बाहेक केही भयो ?”
जसपाले संघीय सांसद रेशमलाल चौधरीको रिहा, मधेश र थरूहट आन्दोलनको क्रममा नेता तथा कार्यकर्ताहरूमाथि लागेको मुद्दा र संविधान संशोधनको माग गर्दै आएको छ।
यी मागहरू पूरा गर्ने आश्वासन मात्रै नभइ पूरा नै गरे मात्रै सरकारमा जाने नेता महतोले स्पष्ट पारे। त्यसकौ लागि कार्यदल गठन भएको बताए।
सबै राजनीतिक दलहरूसँग छलफल गर्न कार्यदल गठन भएको बताए। उनले पार्टीभित्र दुई मत नभएको पनि दावी गरे।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here