काठमाडाैं ।। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिनुभएको छ । आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताउनुभयो । कुनैपनि हालतमा विद्यार्थीलाई अभाव हुन नदिने गरी पाठ्यपुस्तक प्रकाशन गर्न उहाँले निर्देशन दिनुभयो । पुस्तक नै विद्यार्थीलाई समयमा दिन सकेन भन्ने आलोचना धेरै आउने गर्छ , अब यो आलोचना विगतमा जे जस्तो आयो । अब वर्तमानमा म यो कमेन्ट सुन्न चाहन्न, उहाँले भन्नुभयो । कुनैपनि पुस्तकको छपाइ समयमा गर्ने र काठमाडौंमा बसेर जुम्लाको विकट गाउँको विद्यालयमा पनि त्यसलाई पु¥याउनुपर्छ भनेर सम्झन उहाँले आग्रह गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here