वीरगञ्ज ।। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ जित्न सफल मुस्कान खातुनलाई बधाई ।ज्ञापन गरेका छन् ।
आइतबार मुख्यमन्त्री राउतले विज्ञप्ति जारी गर्दै अमेरिकी मिसनले अन्तर्राष्ट्रिय सहासी महिला पुरस्कार दिने घोषणा गरेकोमा पुस्कृत मुस्कान खातुनलाई हार्दिक बधाई तथा उत्तरोत्तर कामना व्यक्त गरेका हुन् ।एसिड आक्रमणमा परेपछि मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायका लागि लबिङ गरेको कार्यको कदर गर्दै अमेरिकाले पुरस्कृत गर्ने घोषणा गरेको थियो ।‘पुरस्कारका लागि प्रदेश २ की छोरीलाई चयन गरेकोमा नेपालस्थित अमेरिकी मिसन र अमेरिकी सरकारप्रति प्रदेश सरकारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अमेरिकी सरकारले तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्ने घोाषणा शुक्रबार गरेको थियो। त्यसको भोलिपल्ट मुस्कानलाई राष्ट्रपति भण्डारीले बधाई दिएकी हुन्।१५ वर्षीया खातुन यो अवार्ड पाउनेमध्ये संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्। तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।
वीरगञ्जकी मुस्कानलाई २०७६ भदौमा विद्यालय जाँदै गर्दा एसिड प्रहार भएको थियो
मुस्कान खातुनलाई मुख्यमन्त्री राउतको बधाई
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












