काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना भाइरसका संक्रमण पष्टि भएका छन् ।
पछिल्लो२४ घण्टामा देशभर ३ हजार ५३५ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६५५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७० हजार ८२८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । गत बिहीबारसम्मको विवरणअनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८१७ जना छहाल देशभर सक्रिय संक्रमितको संख्या ८१७ जना छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ८८ हजार ७२५ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ८१७ जना आइसोलेसन र ५५ जना क्वारेन्टिनमा छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण पष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












