काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउने नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
नेकपा संसदीय दलको नेतामा चयन भएलगत्तै पत्रकारहरुसँग कुरा गर्दै दाहालले ओलीले राजीनामा नदिए आउने दिन झनै असहज हुने उनको टिप्पणी थियो ।
“आउने दिन सहज बनाउने भए केपी ओलीले संसद् पुनःस्थापना भइसकेपछि राजीनामा दिनुपर्ने हो त्यतिमात्रै नभएर ११५ जनाको हस्ताक्षरसहितको बहुमतले दलको नेता मलाई निर्वाचित गरिसकेपछि अविलम्ब राजीनामा दिनु उहाँ र देशको लागि सहज हुन्छ नभए प्रक्रियामार्फत अघि बढ्छौँ,” दाहालले भने ।
उनले अविश्वास प्रस्ताव ल्याउन ओलीले नै बाध्य पारेको बताए ।
“अविश्वासको प्रस्ताव ल्याउन ओलीले नै बाध्य पार्नुभयो । संसद् विघटन गर्ने कदमलाई स्वेच्छाचारी भनेर सडकमा गएका दलहरु मिल्नुपर्ने हुन्छ,” उनले भने ।
ओलीले पदबाट राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउछौँ : दाहाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।