काठमाडौं ।। सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच आज बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूहले हिंसा छोडेको छ ।
सहमतिअनुसार सरकारले यो समूहमाथिको प्रतिबन्ध हटाउने भएको छ ।

यस्तै, पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति पनि भएको छ । यस्तै, सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने पनि सहमति भएको छ ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here