काठमाडाैं ।। म्यानमारमा सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा एकै दिन ३८ जनाको मृत्यु भएको छ । सेनाले सत्ता हातमा लिएपछि म्यान्मारका सर्वसाधारणहरु सडकमा उत्रिएका छन् । दैनिक प्रदर्शन गर्दै आएका प्रदर्शनकारीमाथि सेनाले गरेको आक्रमणमा परी हालसम्म ५० जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । बीबीसीले लेखे अनुसार म्यान्समार हिजो भएको प्रदर्शनको क्रममा मात्रै सेनाले गोली चलाउँदा ३८ जनाको मृत्यु भएको छ । म्यानमारको सेनाले फेबु्रवरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्षका लागि संकटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुचीसहितका नेताहरुलाई हिरासतमा लिएको छ । सैनिक ‘कू’ को विरोधमा म्यानमारमा दिनहुँजसो ठूला प्रदर्शन हुँदै आएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here