काठमाडाैं ।। सरकारले अबको तीन दिनपछि ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने विषयमा स्थानीय तहसँग समन्वय गरेर खोप लगाइने बताउनुभयो । उहाँले २३ गतेबाट सुरु हुने कोरोना विरुद्धको खोप अभियानका लागि सबै तयारी पूरा भइसकेको र गम्भीर स्वास्थ्य समस्या नभएका ५५ वर्षमाथि उमेर समूहका सबैलाई कोरोना खोप लगाइने जानकारी दिनुभयो । यसैबीच, नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुने सङ्ख्या ३ हजार नाघेको छ । पछिल्लो एक सातादेखि सरकारले कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या अद्यावधिक गर्दै आएको छ । त्यसै क्रममा गत २४ घन्टामा १ र अद्यावधिक मृत्यु सङ्ख्या २ सय ३३ थपिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु हुने सङ्ख्या अद्यावधिक गरेसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार १० पुगेको हो । यो दर कुल सङ्क्रमितको १ दशमलव १ प्रतिशत हो । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या भने घट्दै गएको छ । नेपालमा कोरोना सङ्क्रमित दर घट्दै जाँदापनि पनि सर्तकता अपनाउन र खोप लगाउन डर नमान्न सरकारले सबैलाई आग्रह गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here