काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसका साथै कुल संक्रमतिको संख्या २७४३६१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६२ जना कोरोनामुक्त भएका छन् । हाल सम्म संक्रमण मुक्त हुनेको कुल संख्या २७०६०५ रहेको छ ।
अहिले नेपालमा सात सय ६६ जना सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ४२ जना आईसीयू र नौ जनाको उपचार भेन्टिलेटरमा भइरहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here