रौतहट ।। पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई अनिर्णयको बन्दीबाट जोगाउन कांग्रेस जस्तोसुकै चुनौतिको सामना गर्न तयार रहेको बताउनुभएको छ । देशलाई दुर्घटनाबाट जोगाउन नेपाली कांग्रेस सत्यको पक्षमा मात्र लाग्ने सभापति देउवाले बताउनुभएका छ । सभापति देउवाले देशको वर्तमान राजनितिक अवस्था हेरेर आफु चिन्तित रहेको र आउँदा दिनमा अब सत्यलाई मात्र साथ दिने बताउनुभएको छ ।
रौतहट जिल्लाको गढीमाई नगरपालिका ६ सिंगारमन धर्मपुर स्थित श्री श्री १०८ श्री विष्णु महायज्ञ नगरपालिका ६ सिंगारमन धर्मपुर स्थित बुधवार श्री विष्णु महायज्ञको उदघाटन गर्न आउनुभएका सभापति देउवाले नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्ने बताउनुभएको हो ।
यज्ञको उदघाटन गर्नुभन्दा अघि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै देउवाले यस्तो बताउनुभएको छ । कांग्रेस आम नेपाली जनताको पक्षमा रहेको र जनताले जसलाई साथ दिन भन्छ उसैलाई नै आफुहरुले साथ दिने सभापति देउवाले बताउनुभयो । मुलुकलाई निकास दिन तथा विकास र समृद्धिको दिशामा अगाडि बढाउन कांग्रेस जुनसुकै चुनौतिलाई पनि सामना गर्न तयार रहेको उहाँले बताउनुभयो । एक अर्को प्रसंगमा बोल्दै सभापति देउवाले रौतहटबाट सांसदमा निर्वाचित भएर जेलमा रहेका पार्टीका नेता महम्मद अफताव आलमलाई सर्वोच्च अदालतले न्याय दिनेमा आफु विश्वस्त रहेको बताउनुभयो । यस्तै देउवाले कोरोना कोरोना भाइरस निकै घातक रोग रहेकोले यसबाट सुरक्षित रहन सबै देशबासीलाई आग्रह समेत गरे ।
देशमा अझै कोरोना भाइरसको जोखिम उच्च रहेकोले यसबाट बच्न आवश्यक सुरक्षा सतर्कता अपनाउन उहाँले सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादव, पुर्व सांसद सुनिल यादव उर्फ जितेन्द्र, गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव लगाएत पार्टिका विभिन्न नेता कार्यकर्ता सहित रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गरुडाका प्रहरी नयाव उपरीक्षक रवि रावल लगाएतको उपस्थिती रहेको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश मुलुकलाई समृद्धिको दिशा तर्फ लैजान कांग्रेस जुनसुकै चुनौतिलाई पनि सामना गर्न तयार...
मुलुकलाई समृद्धिको दिशा तर्फ लैजान कांग्रेस जुनसुकै चुनौतिलाई पनि सामना गर्न तयार :- देउवा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












