काठमाडौं ।। संघीय संसदका सांसदहरुलाई बुधबार कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । फागुन २३ गतेका लागि आह्वान भएको प्रतिनिधिसभा अधिवेशनमा सांसद सहभागी हुने भएकाले बुधबार नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा कोरोना खोप लगाइएको संघीय संसद सचिवालयले जनाएको छ ।
बुधबार प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, माधव(प्रचण्ड समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले पनि कोरोना खोप लगाएका छन्। बुधबार संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम तय भएको छ । अहिले सांसद्हरुको खोप लगाउने कार्यक्रम जारी रहेको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आजदेखि कोरोना खोप लगाउन सुरु गरिएको हो। आज ९बुधवार० सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ ।
बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसद्हरुलाई खोप लगाइने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here