एजेन्सी ।। फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजीमाथि भ्रष्टाचारको आरोप प्रमाणित भएपछि तीन वर्षको जेल सजाय सुनाइएको छ । यसरी जेल सजाय पाउने उहाँ फ्रान्सको पहिलो पूर्वराष्ट्रपति हुनुहुन्छ । आफूविरुद्ध अर्कै एउटा फौजदारी आपराधिक मुद्दामा सूचना दिएबापत् ठूलो पद दिने भनी एक म्याजिस्ट्रेटलाई घुस दिन खोजेको प्रमाणित भएपछि उहाँलाई सजाय सुनाइएको हो । म्याजिस्ट्रेट र सारकोजीका पूर्ववकिललाई पनि त्यही सजाय सुनाइएको हो । सारकोजीमाथि अर्को छुट्टै मुद्दामा पनि सुनुवाइ हुन बाँकी छ । उहाँले सन् २०१२ को राष्ट्रपतीय चुनावी अभियानमा गलत ढङ्गले थुप्रै खर्च गर्नुभएको थियो । सारकोजीले सन् २००७ मा राष्ट्रपतीय कार्यकाल पूरा गर्नुभएको थियो भने सन् २०१२ को पुनःनिर्वाचनको प्रयास भने असफल भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here