काठमाडाैं ।। प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपालसँग केन्द्रीय समितिको बहुमत छ भन्ने कुरा पुष्टि नभएको बताएका छन्।
सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले दावी गरेअनुसार बहुमत पुष्टि नभएको बताए।
‘उहाँहरुले भन्नुभएछ हामीसँग केन्द्रीय समितिको बहुमत छ’, ओलीले भने, ‘कहाँ पुष्टि भयो त? त्यो पुष्टि भएको छैन। त्यो बहुमत होइन्।’
उनले कार्की ब्यांकेटमा पार्टी खाना बोलाएर केन्द्रीय सदस्यको गणना गर्न नमिल्ने भन्दै उनले पार्टी बैठकबाट पुष्टि हुने बताए। उनले त्यसका लागि विधिवत रुपमा आउन समेत आग्रह गरे।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here