काठमाडाैं ।। नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार थप ७८ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म मुलुकभर २ लाख ७० हजार ४ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल मुलुकभर ९ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् ।
आइतवार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here