रौतहट ।। रौतहटमा भएको 18 स्थानीय तह मध्ये कर्मचारीलाइ आर्थिक मसान्तसम्मको तलव भुक्तानी दिने पहिलो नगरपालिकाको रुपमा गढीमाई नगरपालिका भएको छ। नगरपालिका तर्फबाट कार्यरत स्वास्थ्य सेवा, पशु सेवा र आयुर्वेद सेवाका स्थायी कर्मचारीलाइ फाल्गुन मसान्तसम्मको र शिक्षकहरुलाई 2078 अषाढ महिना सम्मको एक मुष्ठ तलव वैकको माध्यमबाट खाता मै भुक्तानी गरिएको नगरपालिकाका लेखापाल कामेश्वर सहनीले जानकारी दिनुभयो छ। 4 महिनाको अग्रिम तलव भुक्तानी गरिएको उनले बताए। प्रत्येक महिना तलव दिनु पर्ने भएपनि नगरपालिकाले आफ्नो कर्मचारीलाई अषाढ महिनाको रकम अहिले नै पठाई दिएको लेखापाल सहनीले जनाए। स्थानीय सरकारको अभ्यास प्रारम्भ रहेको वेला कर्मचारी र स्थानीय बासिन्दाहरुलाई सरकारको अनुभूति गराउन यस्तो कार्य गरेको उहाको भनाई रहेको छ। रौतहटमा निर्वाचित जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण अधिकांश स्थानीय तहको कर्मचारी तलव भत्ता नपाउने गरेको यथार्थ रहेको छु। गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, राजदेवी नगरपालिकामा तलव लिन कर्मचारीलाई आन्दोलन गर्नु परेको अवस्था सिर्जना भएको थियो। काम गर्ने र तवल समयमा नपाउने अवस्था आउदा कर्मचारीको मनोवल खस्किने हुदा तलव सुविधाको विषयमा चिन्ता लिनुपर्ने झन्झटवाट राहत पाउनको लागि अघिल्लो 4 महिनाको तलव अहिले नै खातामा पठाइएको लेखापाल सहनीको कथन रहेको छ।
गढीमाई नगरपालिकाको सराहनीय कार्य कर्मचारीको अग्रिम तलव भुक्तानी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।