काठमाडाैं ।। सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको ५ वर्ष पुग्न लाग्यो । तर, अझै पनि सबै जिल्लाका सबै नागरिकमा बीमाको पहुँच पुग्न सकेको छैन । रामेछाप नगरपालिका वडा न ६ का युगराज पाख्रिनलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन मन छ । २ वर्ष अगाडी नै रामेछापमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुदाँ पाख्रिनले घर, घरमा बीमा अभिकर्ता आउँछन् भन्ने सुन्नुभएको थियो । तर, न अभिकर्ता भेटिए, न त उहाँले बीमा गराउन पाउनुभएको छ । बाग्लुङ बोडीगाड गाउँपालिका ६ का रमा केसीलाई स्वास्थ्य बीमा गराए पैसा नभएको बेलामा उपचार गर्न सजिलो हुन्छ भन्ने थाहा छ । बीमा गर्ने चाहना पनि छ । तर बीमा कसरी गराउने प्रक्रिया थाहा नपाएर अलमल भएको रमा बताउँनुहुन्छ । बाग्लुङमा २०७३ सालबाट नै स्वास्थ्य बीमा कार्यक्रम लागु भएको हो । गैडाकोट नगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रममा लागि दर्ता प्रक्रिया यही फागुनबाट सुरु भएको छ । तर नागरिक समक्ष यसको सुचना पुग्न सकेको छैन । सरकारले गत वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्ष भित्रमा देशभरका सबै नागरिकलाइ बीमाको दायरामा ल्याउने बताएको थियो । ७२ सालमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म देशभरबाट ८ हजार परिवारका ३७ लाख नागरिक मात्र आवद्ध भएका छन् भने कार्यक्रम ६८ जिल्लामा लागू भइसकेको छ । तर नागरिक, बीमाको पहुँचमा किन पुगेनन् ? भन्ने प्रश्नमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला भन्नुहुन्छ, ‘प्राविधिक समस्याले सबै नागरिकको पहुँचमा बीमा कार्यक्रम पुगेको छैन । तर, हाम्रो लक्ष्य भनेको सबै स्थानीय तहमार्फत् सबै नागरिकलाई कार्यक्रममा समावेश गर्नु हो । हामी त्यसकै तयारीमा अघि बढेका छौं ।’ पाँच जना सदस्य भएका परिवारले तीन हजार पाँच सय रुपैयाँ तिरेपछि सरकारले तोकेको स्वास्थ्य संस्थाबाट जुनसुकै रोग लागेपनि एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउँछन् । बीमा बोर्डले कार्यक्रमलाई थप प्रभावकारी बनाइ चालु आर्थिक वर्ष भित्रैमा सबै जिल्लामा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here