काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा १ सय १२ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५४ जना संक्रणमुक्त भएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २ सय ७७ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ । देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ८२ रहेको छ ।
देशभरका विभिन्न प्रयोगशालमा हालसम्म २१ लाख ५७ हजार ५ सय ९० पीसीआर नमुनाको परीक्षण भएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।