भक्तपुर ।। प्रहरीलाई घुस दिन खोज्ने एक जना युवकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नियमित सवारी चेक गर्ने क्रममा एक हजार रुपैयाँ घुस दिन खोज्ने ज्ञान नारायण श्रेष्ठलाई पक्राउ गरिएको हो । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ मनहरास्थित ड्यूटीमा खटिएको प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा ललितपुर बालकुमारी बस्ने रामेछाप लिखु गाउँपालिका–६ का २८ वर्षका श्रेष्ठलाई पक्राउ गरिएको छ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा.८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिङमा खटिएको प्रहरीलाई सामान्य ठक्कर दिएपछि प्रहरीलाई प्रभावमा पार्न उक्त नगद दिन खोजेको भन्दै उनलाई पक्राउ गरिएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारि डिएसपी दिपक गिरीले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here