बैतडी ।। बैतडीका किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्दैछ । पक्राउ पर्ने व्यक्ति भागरथी पढ्ने सनातन माविमै अध्ययनरत विद्यार्थी दिनेश भट्ट रहेको बताइएको छ । कक्षा ११ मा अध्ययनरत ती युवक भागरथीको छिमेकीसमेत हुन् । उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शंकाको घेरामा राखेको ती युवक भागरथीको बलात्कार तथा हत्या आरोपी पक्राउ गर्न गरिएको प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए । यथेष्ठ प्रमाण पश्चात हिजो उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा भागरथीलाई बलात्कार र हत्या गरेको ती युवकले स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ । भागरथीको बलात्कार पछि हत्या भएको १२ दिनपछि प्रहरीलाई सफलता मिलेको हो । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १७ वर्षका किशोरी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । सनातनधर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत भट्ट २१ गते बिहान १० बजे विद्यालय जानुभएको र त्यही दिन बेपत्ता हुनुभएको थियो । उहाँको भोलिपल्ट शव भेटिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here