काठमाडाैं ।। नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा सोमबार विरोध प्रदर्शन गरिने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेस चरणवद्ध आन्दोलनमा छ । आन्दोलनकै क्रममा आज देशभरका ७७ जिल्लामा प्रदर्शन गर्न लागिएको हो । यसैबीच काँग्रेस सभापति शेरबहादुर देउवाले आजको प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ । संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको काँग्रेसले चरणबद्ध विरोध प्रर्दशन गर्दै आएको हो । यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ मा विरोध प्रदर्शन गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here