रौतहट ।। जिल्ला प्रशासन कार्यालय रौतहटले सरस्वती पूजाको नाउँमा विद्यार्थी र अभिभावक सँग कुनै किसिमको शुल्क वा चन्दा नउठाउन आदेश गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले विहिवार सुचना जारी गर्दै सरस्वती पूजाको नाउँमा चन्दा नउठाउन सबै सामुदायीक र संस्थागत विद्यालयसंग अनुरोध गरेको छ। यहि फाल्गुन ४ गते मनाइने सरस्वती पूजाको लागि ठूलो धनराशी नलाग्ने हुदा सरस्वती पूजाको नाममा बिद्यार्थी अभिभावकहरुसंग कूनै किसिमको शुल्क वा चन्दा नलिन, डिजे बाजाको प्रयोग नगर्न , नगराउन, अश्लिल गीत नबजाउन, तथा मूर्ति विसर्जनको समय बालबालिकाको प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयले एक सुचना जारि गरेर अनुरोध गरेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here