काठमाडौं।। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई गैरकानुनी रूपमा पक्राउ गर्न खोजिएको बताएकी छिन्।
उनले आफूलाई पक्राउ गर्न पक्राउ पुर्जी समेत नदिएको उनले बताइन्।“मलाई प्रहरीले गैरकानुनी रूपमा पक्राउ गर्न खोजेको छ। अहिलेसम्म पक्राउको लागि पक्राउ पुर्जी दिएको छैन”, उनले शंखमुलस्थित घरको चेनगेटबाट बाहिर रहेका पत्रकारसँग कुराकानी गर्दै भनिन्।
उनले आफूले कानुनी प्रक्रिया पूरा गरेर पक्राउ पुर्जी लिएर आए गिरफ्तारी दिने बताएकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन, अपमान र चरित्र हत्या गरेको भन्ने विषय राजनीतिक विषय भएको र कानुनी विषय नभएको समेत बताएकी छन् ।
उनले मर्ने बेलामा कमिलाको प्वाँख पलाए झैं शासकले आफू ढल्ने बेलामा तमासा गर्ने गरेको बताएकी छिन्।
जनताको सर्वोच्च थलो प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति भण्डारी मतियार बनेको उनले आरोप लगाउँदै आएकी छन् ।
‘मलाई पक्राउ गर्ने हो भने पक्राउ पूर्जी लिएर आउनू’ :-रामकुमारी झाक्री
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












