राैतहट ।। राैतहटकाे सदरमुकाम गौर स्मृति टावरकाे शिलान्यास गरिएकाे छ । नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले भौतिक पुर्वाधारको विकासमा फडको मार्दै गएको बताउनु भएको छ । नगरपालिकाको १ करोडको लागतमा गौर स्थित मधेशी क्रान्ति चौकमा निर्माण हुने स्मृति टावरको सोमवार विहान १० बजेको समयमा शिलान्यास गरेपछि पत्रकारहरु सित कुरा गर्दै मेयर गुप्ताले स्मृति टावरको निमार्णले गौर नगरपालिकाको विकासमा थप टेवा पुग्ने बताए । नगरपालिकाको नगरस्तरिय योजना अन्तर्गत निमार्ण हुने टावर ऐतिहासिक हुने जनाए । टावर निर्माणले पर्यटन क्षेत्रको विकासको साथ साथै पर्यटक भित्रिने विस्वास व्यक्त समेत गरे । विपि कोइरालाको स्मारक भएको ठाउमा निर्माण भइरहेको स्मृति टावरको चारै तिर देशको लागी योगदान पुरयाएका व्यक्तिहरुको प्रतिमा राखिने मेयर गुप्ताले बताए । नगरपालिका भित्र सडक ,नाला निर्माणको कार्य तिव्र रुपमा भैरहेकोले धार्मिक,सास्कृतिक,पर्यटकिय क्षेत्रको विकासमा नगरपालिकाले जोड दिएको उल्लेख गरे । देशमा भएका जनआन्दोलनमा आफनो योगदान गरेका विर शहिदहरुको शालिक राखिने योजना रहेकोले गौरको सौन्र्दयकरणमा ठुलो भुमिका घण्टा घरको निर्माण पुग्ने नगर प्रमुख गुप्ताको विश्वास रहेको छ । गौर नगरपालिका भित्र पर्ने मुख्य सडकको निर्माण सघन शहरी कार्यक्रम अनतर्गत शहरी विकास मन्त्रालयवाट निर्माण भैरहेको छ । नगरपालिका भित्रमा वरहवा ताल , सोवर्नामाइको मन्दिर , वालेश्वरनाथको मन्दिर , पुरानो दरवारको रुपमा रहेका पुरेनवा दरवार भ्रमण अवलोकन गर्ने ठाउको रुपमा रहेको छ । गौर बसपार्क नजिक निर्माणाधिन अवस्थामा रहेका शहिद पार्क तथा गौरको मुटुमा बन्न लागेको घण्टा घरले पर्यटकलाई लोभयाइने मेयर गुप्ताको भनाई रहेको छ । २ वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको सो टावरको निर्माणका लागी नगरपालिकाले चालु आर्थिक वर्षमा ४० लाख रुपैया निकासा गरेको छ । शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , नेपाल प्रहरीका प्रहरी उपरिक्षक सिद्धिविक्रम शाह , सशस्त्र प्रहरी बलका सशस्त्र प्रशरी उपरिक्षक सुर्य बहादुर सेनओली , राष्ट्रिय अनुसंधानका प्रमुख मुकुन्द खडका , गौर नगरपालिकाका वडाध्यक्षहरु भरत साह, राकेश झा , श्यामसुन्दर पटेल , भुनेश्वर कुमार शाही , रामस्वार्थ राय यादव , राजेश सिहं सहित नागरिक समाजका अगुवा, भरभलादमी , संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here