काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ९ सय १५ जना पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २६० जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६८ हजार ७२ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ३८ जनाको मृत्यु भइसकेको छ।
हालसम्म देशभरमा सक्रिय संक्रमित संख्या १ हजार ८ सय १५ रहेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।