काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ७ सय ७ जना पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २७२ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६७ हजार पाँच सय ६४ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।यसका साथै नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ३५ जनाको मृत्यु भइसकेको छ।
हालसम्म देशभरमा सक्रिय संक्रमित संख्या २ हजार एक सय ८ रहेका छन्।
हाल क्वारेन्टाइनमा रहनेको संख्या ९२ छ। नेपालमा हालसम्म २० लाख ८८ हजार तीन सय ७१ जनाको पिसिआर परीक्षण गरिएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here